काठमाडौ । लोकप्रिय नेपाली इ कमर्श ग्यापु मार्केटप्लेसले मङ्सिर १२ गते शुक्रबार ब्ल्याक फ्राईडे घोषणा गरेको छ । जस अन्तर्गत होम अप्लाइन्स र विभिन्न प्रकारका अल्कोहल खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।
माछापुच्छ्रे बैकंसँगको सहकार्यमा ग्यापुले बैकंको प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको २० प्रतिशत क्यासब्याक दिने बताइएको छ । त्यस्तै एनआईसि एसिया बैंक र प्रभु पेको सहकार्यमा २० प्रतिशत क्यासब्याक दिइने छ ।
त्यस्तै ग्यापुले ब्ल्याक फ्राईडे ज्याकपट पनि ल्याएको छ जसको भाग्यशाली बिजेताले ग्यास गिजर र होम थिएटर नि:शुल्क पाउने ग्यापुले जनाएको छ ।
ग्यापुमा सपिङ गर्न मोबाल एप वा कम्पनीको वेबसाइट (gyapu.com मार्फत अर्डर गर्न सक्नेछन् । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आईपिएस र ई सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् भने डेलिभरीकै बेला विश्वभरका जुनसुकै बैकंका डेबिट र क्रेडिट कार्ड स्वाइप गर्न सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन