दीपक मनाङेले भने : ‘डेढ महिनादेखि अलग भएकी श्रीमतीले बदमासी गरेपछि मैले नै पक्राएँ’

दीपक मनाङेले भने : ‘डेढ महिनादेखि अलग भएकी श्रीमतीले बदमासी गरेपछि मैले नै पक्राएँ’

dipak

पोखरा – श्रीमती पक्राउ परेको समाचार बाहिरिए लगत्तै गण्डकी प्रदेश सभा सांसद दीपक मनाङेले सामाजिक संजाल मार्फत श्रीमतीले बदमासी गरेको थाहा पाएपछि आफुले पक्राएको प्रतिक्रिया दिएका छन् ।

चोरी तथा डाँका मुद्धामा श्रीमती दिछेन डोल्मा लामा पक्राउ परेपछि मनाङेले फेसबुकमा स्टाटस लेख्दै – “डेढ महिनादेखि आफुहरु अलग रहेको र बीचमा श्रीमतीले चोरी गरी बदमासी गरेको थाहा पाएपछि आफुले नै  कास्की जिल्ला प्रशाशनलाई कारबाही गर्न माग गरेको बताएका हुन् ।

मनाङेले अगाडी लेखेका छन् – “सांसद भएपनि मेरो परिवारमा जो कोही होस् बदमास गरेपछि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । त्यसैले जो कोही नेताज्युहरुको परिवार वा ठूला-ठूला कर्मचारीहरुको परिवारहरुले बदमासी गरे पनि कडा कारबाही हुनुपर्छ भन्ने माग गर्दछु ।”

जिल्ला प्रहरी कार्यालय कास्कीको चोरी तथा डाँका मुद्धाको फरार सूचीको पत्र अनुसार आफ्नै कामले जिल्ला प्रहरी कार्यालय मकवानपुर आएका बखत लामालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds