राजतन्त्रको विकल्प छैन भन्दै पोखरामा समर्थकको विशाल र्‍याली

राजतन्त्रको विकल्प छैन भन्दै पोखरामा समर्थकको विशाल र्‍याली

raja -samarthak

पोखरा – राजतन्त्रको विकल्प छैन भन्दै आज राजसंस्था समर्थकले पोखरामा राष्ट्रिय झण्डा सहित विशाल र्‍यालीको आयोजना गरेका छन् ।

गणतन्त्रको विरोध तथा राजसंस्थाको समर्थन गर्दै आयोजना गरिएको उक्त र्‍याली अमरसिंहचोकबाट शुरु भइ  पोखराको पृथ्बीचोक, मुस्ताङचोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, सभागृहचोक हुँदै  मानवअधिकार चोक पुगेर कोण सभामा परिणत भएका थिए ।

र्‍यालीमा युवायुवती, महिला, पुरुष लगायत वृद्ध व्यक्तिको पनि सहभागिता रहेको थियो । सहभागीहरुले राजतन्त्रको पुनर्वहाली तथा देश बचाउन आफुहरु राष्ट्रिय झण्डा बोकेर आएको प्रतिक्रिया दिए । र्‍यालीमा सहभागी मध्येका पोखरा पराजुली मार्गका सुजन बाबु पौडेलले नेपालको अस्तित्व रक्षा गर्नका लागि प्रजातन्त्रको मियो चाहिने र त्यो मियो भनेको राजसंस्था भएको प्रतिक्रिया दिए ।

सहभागीले राजतन्त्र जिन्दावाद, अखण्ड नेपाल जिन्दावाद, गणतन्त्र मुर्दावाद, राजसंस्थाको विकल्प छैन, राजा आउ देश बचाउ, भन्दै बाजागाजा सहित नगर परिक्रमा गरेका थिए । र्‍यालीमा कास्की सहित छिमेकी जिल्लाबाट आएका समर्थकहरुको सहभागीता रहेको थियो ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ