सरकारी पक्ष नै उपभोक्ता हित बिरोधि भएपछि राजीनामा दिएँ – प्रेमलाल महर्जन

सरकारी पक्ष नै उपभोक्ता हित बिरोधि भएपछि राजीनामा दिएँ – प्रेमलाल महर्जन

prem-lal-maharjan

काठमाण्डौ – उपभोक्ता संरक्षण परिषद्का सदस्य प्रेमलाल महर्जनले राजीनामा दिएका छन् ।

मंगलबार राती सामाजिक संजाल मार्फत महर्जनले उपभोक्ता संरक्षण परिषदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

विगत लामो समयदेखि उपभोक्ता अधिकारका पक्षमा सक्रिय महर्जनले कानुन कार्यान्वन गर भन्दा राजीनामा माग्ने जस्तो प्रवृत्ति हावी हुँदै गएकाले आफुले राजीनामा दिएको प्रतिक्रिया दिएका छन्  ।

उनले लेखेका छन् : “सरकारी पदमा बसी अनुचित व्यापारिक क्रियाकलाप गर्न हुने, परिषद्को सदस्यको नाताले सरकारको ध्यानाकर्षण गर्न नपाउने ! सरकारी पदमा बसी गैरकानुनी कार्य गर्न पाउने, उपभोक्ता हितमा आवाज उठाउँदा सरकारको बिरोध गरेको ठान्ने, कानून कार्यान्वयन गर भन्दा राजिनामा माग्ने, मेरो आस्था र स्वाभिमानको साथै सरकारी पक्ष नै उपभोक्ता हित बिरोधि भएपछी मैले राजीनामा दिए ।”

उपभोक्ता अधिकारका पक्षमा लाग्दै आएका महर्जनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ साउन २६ गते  संरक्षण परिषद्को सदस्यमा मनोनयन गरेको थियो ।

उपभोक्ता संरक्षण परिषदबाट मेरो राजीनामा !
सरकारी पदमा बसी अनुचित ब्यापारिक क्रियाकलाप गर्न हुने । परिषदको सदस्यको…

Posted by Prem Lal Maharjan on Tuesday, 24 November 2020

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds