पृथ्वीचोकस्थित बिश्राम गेष्ट हाउसबाट लागु औषध सहित एक व्यक्ति पक्राउ

पृथ्वीचोकस्थित बिश्राम गेष्ट हाउसबाट लागु औषध सहित एक व्यक्ति पक्राउ

arrest

सांकेतिक तस्विर

पोखरा – अवैध लागुऔषध सहित कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ जिल्ला रुराङ गाउँपालिका-४ बेनिघाट घर भएका २९ वर्षीय सिताराम गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार गुरुङले पोखरा महानगरपालिका वडा नं -९ पृथ्वीचोक स्थित ‘बिश्राम खाजा घर एण्ड गेष्ट हाउस’मा बसेर लागुऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले शनिबार राती उनलाई पक्राउ गरेको हो ।

प्रहरीले गुरुङ बसेको उक्त गेष्ट हाउसको १०८ नम्वरको कोठा खान तलासी गर्दा कालो झोलामा लुकाई राखेको १ किलो ५ सय ग्राम अवैध लागुऔषध ‘पोल्याण्ड’ वरामद गरेको थियो । प्रहरी नियन्त्रमा रहेका गुरुङमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ