कोरोना विरुद्धको खोपमा अर्को सफलता, ९४.५ प्रतिशत प्रभावकारी रहेको दावी

कोरोना विरुद्धको खोपमा अर्को सफलता, ९४.५ प्रतिशत प्रभावकारी रहेको दावी

corona vaccine

एजेन्सी – अमेरिकाको मोडर्ना इन्कले कोरोना भाइरससँग लड्ने खोप विकास गरेको दाबी गरेको छ । कम्पनीका अनुसार खोप कोरोना संक्रमण रोकथाममा ९४.५ प्रतिशत प्रभावकारी रहेको दावी गरेको छ । यसैबीच कम्पनीका अनुसार उक्त खोपको एक डोजका लागि २५–३७ अमेरिकी डलर लिन सकिने बताएको छ ।

कम्पनीका कार्यकारी अधिकारी (सीईओ) स्टेफन बांसेलले भने खोपको मागका आधारमा यसको मूल्य तय हुने बताएका छन् । जर्मन साप्ताहिक पत्रिका वेल्ट एम सोन्टागसँग कुराकानीमा स्टेफनले खोपको मूल्य १० देखि ५० डलरसम्म पर्ने बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार वार्तामा संलग्न एक ईयू अधिकारीले युरोपियन युनियनलाई करिब करोडौं डोजको खोप आवश्यक पर्न सक्छ । युरोपेली संघ मडर्नासँग २५ अमेरिकी डलरभन्दा कम मूल्यमा सम्झौता गर्न चाहिरहेको छ । मोडर्नाका क्लिनिकल परीक्षणको अन्तरिम तथ्यांकमा कोभिड १९ बाट बचाउनका लागि ९४.५ प्रतिशत प्रभाकारी भएको देखाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds