काठमाडौँ । काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा संलग्न तीनै जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोर छन् ।
जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले बताए ।
उनका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए ।
हाल तीनै जनालाई प्रारम्भिक सोधपुछ गर्ने कार्य भइरहेको गिरीले बताए । भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार पक्राउ परेका सबैलाई साइबर ब्युरो पठाउने वा त्यहीँ मुद्दा चलाउने भन्ने निर्णय भइसकेको छैन ।
सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते