तनहुँको बन्दिपुर छापबाट कौडा खेल्दै गरेका १४ जना नगदसहित पक्राउ (नामावली सहित)

तनहुँको बन्दिपुर छापबाट कौडा खेल्दै गरेका १४ जना नगदसहित पक्राउ (नामावली सहित)

kauda

सांकेतिक तस्बिर

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले छापबाट नगदसहित कौडा खेल्ने १४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमसेन भन्ने रोल बहादुर सुनार, भक्त बहादुर थापा मगर, प्रजुन बस्नेत, भरत कामी, हिक्मत शेराला, लक्ष्मण कपाली, राज कुमार कपाली, राजु पौडेल, सन्त बहादुर थापा, सुरज सुनार, विकास बि।क, रवि कपाली, महेश कपाली र मनिष थापा रहेका छन् ।

उनीहरुको साथबाट नेपाली नगद ५५ हजार ६०५ रुपैयाँ, कौडा १६ थान, चकटी १ वटा, गुन्द्री १ वटा बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

गत मङ्सिर २ गते मंगलबार राती जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं १ छाप स्थितमा रविन पौडेलको खालि घरबाट कौडा खेली रहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डमा ९ जनाको टोली खटी गई कौडा,नगद तथा कौडा खेल्दा प्रयोग गरेको उक्त सामानहरु बरामद गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ