गोरखा – अवैध जुवातास (कौडा) खेल्ने खेलाउने ३४ जनालाई गोरखा प्रहरीले नगद सहित पक्राउ गरेको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका वडा नं -७ खहरेस्थित धन बहादुर गुरुङको घरमा अवैध रुपमा जुवा (कौडा) खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले १ लाख ७५ हजार ७ सय ३५ रुपैयाँ सहित १६ थान कौडा लगायत ३४ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका वडा नं- ७ बस्ने वर्ष ४४ को प्रेम बहादुर गुरुङ, सोही स्थान बस्ने वर्ष १९ को सुनिल मग्राती, वर्ष ५५ को धन बहादुर गुरुङ, सिरानचोक – ६ बस्ने वर्ष ३० को प्रेम वस्ती, वडा नं- ७ बस्ने वर्ष ४१ को सोम बहादुर गुरुङ, सोही स्थान बस्ने वर्ष ३२ को रमेश खड्का, वडा नं- ६ बस्ने बर्ष ३५ को देवी लाल सुनाम, वडा नं- ७ बस्ने वर्ष ३७ को काजी नेपाली, वडा नं- ६ बस्ने वर्ष २४ को सृजन थापा, सोही स्थान बस्ने वर्ष ३५ का दिपक पुडासैनी, सोही स्थान बस्ने वर्ष २४ को किसान गुरुङ, वर्ष २८ को अशोक गुरुङ, वर्ष ४५ को यम बहादुर गुरुङ, वर्ष ३२ को धन बहादुर तामाङ , वर्ष ३१ को प्रविण गुरुंङ, वर्ष २४ को सुरज लामिछाने, वर्ष ३० को एक बहादुर गुरुङ, वडा नं- ७ बस्ने वर्ष ३८ को कृष्ण खड्का, गोरखा भिमसेन थापा गाउँपालिका वडा नं – १ बस्ने वर्ष २१ को निदिन मिया, सिरानचोक – ७ बस्ने वर्ष ४२ को धन बहादुर खड्का, वडा नं- ६ बस्ने वर्ष २५ को अजय गुरुङ, वर्ष १८ को अनिष भट्ट , वर्ष २४ को कृष्ण न्यौपाने, वर्ष २६ को सुरज लामिछाने, वर्ष २५ को सुर्दशन भट्ट, वर्ष ४२ को जयन्त बहादुर गुरुङ, वडा नं- ७ बस्ने वर्ष ३९ को धर्म प्रसाद भट्ट, वर्ष ४५ को सुक बहादुर गुरुङ, बारपाक सुलिकोट गाउँपालिका वडा नं- ६ बस्ने वर्ष ३० को मुकेश बानिया, सिरानचोक वडा नं- ६ बस्ने वर्ष १८ को रोशन गुरुङ, वडा नं- ७ बस्ने वर्ष ६० को ईन्द्र गुरुङ, वडा नं- ६ बस्ने वर्ष ३९ को ज्ञानेन्द्र सुवेदी, वडा नं- ७ बस्ने वर्ष ३७ को पदम बहादुर गुरुङ र सोही स्थान बस्ने वर्ष २९ का रमेश खड्का रहेको प्रहरीले जनाएको छ ।
पक्राउ उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
गोरखामा ५ सय रोपनी बाँझो जमिनमा व्यावसायिक ओखरखेती सुरू
गोरखाका कर्खा गायक लालबहादुर गन्धर्वको निधन
गोरखामा वृद्धभत्ता बुझेर फर्किँदै गर्दा भीरबाट लडेर एक वृद्धको मृत्यु
गोरखामा एक पसलमा आगलागी, सामान जलेर नष्ट
गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो