तनहुँ भानुको कवाचितबेसिबाट ३ लाख ७५ हजारसहित १५ जुवाडे पक्राउ

तनहुँ भानुको कवाचितबेसिबाट ३ लाख ७५ हजारसहित १५ जुवाडे पक्राउ

Kauda Pakrau

तनहुँ । तनहुँको कबाजितबेसिबाट १५ जना जुवाडे पक्राउ परेका छन ।

जिल्ला प्रहरीकार्यालय तनहुँका अनुसार भानु-१२ कबाजितबेसिबाट १५ जना जुवाडे पक्राउ परेका हुन ।

आइतबार बिहान करिब २ बजेको समयमा ३ लाख ७५ हजार ६३० रुपैयाँसहित जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

उनले भने ‘अहिले सबै नियन्त्रणमै छन ।’

कवाचित स्थित उमेश अधिकारीको बारीमा रहेको कटेजमा जुवा(कौडा) खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सन्तोष खडका, बलराम अधिकारी, उत्तम पण्डित, अमृत श्रेष्ठ, खड्ग बहादुर गुरुङ, चन्द्र बहादुर शाही, सुमन खनाल, रामु मल्ल, हरी खडका, राम गुरुङ, आस कुमार श्रेष्ठ, रामलाल गुरुङ, विष्णु बहादुर भण्डारी, शिव कुमार श्रेष्ठ र पुरन गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट कौडा १६ थान, चकटी २ वटा, त्रिपाल १ वटा, गुन्द्री २ वटा, काम्लो १ वटा, नाङलो १ वटा र सुनको जस्तो पहेलो धातुको औठी १ थान फेला प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ