शनिबार बिहानै कास्कीका ८७ सहित गण्डकीमा थप १२९ जनामा कोरोना पुष्टि

शनिबार बिहानै कास्कीका ८७ सहित गण्डकीमा थप १२९ जनामा कोरोना पुष्टि

Gandaki covid corona 2

पोखरा – शनिबार कास्कीका ८७ सहित गण्डकीमा थप १२९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको आजको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका ६ जिल्लाका थप १२९ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरु कास्की, तनहुँ, स्याङ्गजा, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका छन् ।

विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा कास्की पोखराका विभिन्न वडाका महिला पुरुष गरी ८३ सहित वडा नखुलेको मादी गाउँपालिकाका २३ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिकाका ४१ वर्षीया महिला सहित ३६ र ६२ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै अन्य जिल्लामा तनहुँका ११, स्याङ्गजाका १, पर्वतका १६, बाग्लुङका ४ जना म्याग्दीका १० जनामा कोरोना पुष्टि भएको निर्देशनालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १० हजार दुई सय चार पुगेको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ