अब १० लाख बढीको गहना एकैपटक खरिद गरे तीनपुस्ते खुलाउनुपर्ने

अब १० लाख बढीको गहना एकैपटक खरिद गरे तीनपुस्ते खुलाउनुपर्ने

sun

काठमाण्डौ –  आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै एक पटक वा एक दिनमा १० लाखभन्दा बढीको बहुमूल्य वस्तु खरिद गरेमा त्यस्तो ग्राहकको पहिचान भेटिने विवरण राख्न निर्देशन दिएको छ ।

विभागले बिहीबार जारी गरेको सूचनामा धातु वा वस्तुको कारोबार गर्ने कम्पनी तथा फर्महरुलाई एकदिनमा १० लाख भन्दा माथिको बहुमुल्य वस्तु खरिद गर्ने ग्राहकको पहिचान भेटिने विवरण अर्थात तीनपुस्ते विवरण राख्न निर्देशन दिएको हो ।

सम्पत्ति शुद्धिकरण निवारणको लागि बहुमूल्य वस्तु खरिदमा समेत ग्राहकको पहिचान राख्नुपर्ने व्यवस्था विभागले मिलाएको हो ।

बहुमूल्य धातु भन्नाले सुन, चांदी, प्लाटिनम, ओस्मियम, पालडियम, एडियम, रुथेनियम, डायमण्ड, सफायर, रुबी, इमेराल्ड , जेड, पर्ल, कोरण्डम, एकुमेरिन लगायतका धातु पर्दछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds