कास्कीका १०७ संगै गण्डकीमा थप १७२ जनामा कोरोना पुष्टि

कास्कीका १०७ संगै गण्डकीमा थप १७२ जनामा कोरोना पुष्टि

IMG_5801

पोखरा – शुक्रबार गण्डकीमा थप १७२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ४६७ जनाको परीक्षण गरिएकोमा थप १७२ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना पुष्टि हुनेमा प्रदेशका ८ जिल्ला कास्की, तनहुँ, लमजुङ, गोरखा, नवलपुर, स्याङ्गजा, पर्वत र बाग्लुङ छन् । जसअनुसार कास्कीका १०७ जना, तनहुँका ८ जना, गोरखाका २५ जना, लमजुङका १ जना, नवलपुरका ७ जना, स्याङ्गजाका ८ जना, पर्वतका ५ जना र बाग्लङ जिल्लाका १ गरी जम्मा १७२ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १००७५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीमा २० जना कोरोना संक्रमणमुक्त भएका छन् ।  यो संगै, गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४९९९ पुगेको छ ।

यस्तै शुक्रबार पोखराका ४ जनाको मृत्यु पुष्टि भएको छ । पुष्टि भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११८ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds