कोरोनाबाट गण्डकीमा ११८ जनाको मृत्यु, आज मृत्यु पुष्टि भएका ४ जना नै पोखराका

कोरोनाबाट गण्डकीमा ११८ जनाको मृत्यु, आज मृत्यु पुष्टि भएका ४ जना नै पोखराका

pokhara

पोखरा – कोरोना संक्रमणका कारण पोखराका थप दुई जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार थप दुई जनाको मृत्यु पुष्टि भएको हो ।

मृत्यु पुष्टि हुने मध्ये पोखरा महानगरपालिका वडा नं -२५ का ७० वर्षीय पुरुष रहेका छन् ।

गत कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएर गण्डकी मेडिकल कलेज भर्ना भएका उक्त पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ११:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै होम आइसोलेसनमा बसेका पोखरा -२० का ८३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।  गत कार्तिक २६ गते कोरोना पुष्टि भएर घरमै आइसोलेसनमा बसेका पुरुषको बिहीबार मृत्यु भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

आज नै यसअघिको विज्ञप्तिमा पोखराका दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि भइसकेको छ  ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११८ पुगेको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds