पोखरा – कोरोना संक्रमणका कारण पोखरामा दुई जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको शुक्रबारको अद्यावधिक विवरण अनुसार कोरोना संक्रमणबाट पोखराका थप दुई जनाको मृत्यु पुष्टि भएको हो ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं -१४ निवासी ६७ वर्षीया महिला रहेका छन् ।
गत कार्तिक २१ गते कोरोना संक्रमण देखिएर स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भर्ना भएका उक्त पुरुषको उपचारका क्रममा शुक्रबार बिहान २:०० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै पोखरा -१५ का ६४ वर्षीया कोरोना संक्रमित महिलाको पनि उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु पुष्टि भएको छ ।
गत कार्तिक २६ गते कोरोना संक्रमण देखिएर अस्पताल भर्ना भएकी उक्त महिलाको उपचारकै क्रममा बिहीबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ