पोखरा – विभिन्न प्रलोभनमा पारी पोखराको लेकसाइडमा राखेर जबर्जस्ती बेश्याबृतिमा संग्लग्न गराउन खोज्ने तीनजनालाई कास्की प्रहरीले गएको बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका -४ वगालेटोल बस्ने ३० वर्षीया अन्जु गुरुङ, कास्कीको मादी गाउँपालिका वडा नं -१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली र काभ्रे जिल्ला पाँचखाल -४ तामाघाट घर भएका २६ वर्षीय आशिष भुजेल रहेका छन् ।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार उनीहरुले दुई जना महिलालाई वैदेशिक रोजगारीको लागि बिदेश पठाइदिने र आवश्यक रकम समेत आफुहरुले नै दिने भन्दै प्रलोभनमा पारेर पोखरा महानगरपालिका -६ लेकसाइड स्थित एक होटलको कोठामा बन्धक बनाएर राखेका थिए ।
घटनाबारे सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बन्धक बनाईएका महिलाहरुलाई शारिरीक तथा मानसिक यातना दिएर बेश्याबृतिमा संलग्न गराउने उदेश्यले मोलमोलाई गर्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउमा परेका उनीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको र पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो