पोखरा – कास्की प्रहरीले भाँडापसलमा चोरी गर्ने दुई जनालाई सामान सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं -७ घर भई हाल पोखरा -९ पृथ्बीचोक बस्दै आएका १९ वर्षीय सुजन तामाङ र सोही ठेगाना भएका १९ वर्षीय मनिष खड्का रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
प्रवक्ता हमालका अनुसार उनीहरुले गत कार्तिक १९ गते बिहान ५:३० बजेको समयमा पोखरा महानगरपालिका -६ स्थित गंगाधर दवाडीले संचालन गरेको भाँडापसलको सटर फोडेर काँचको कचौरा १२० थान, काँचको थाल ७ थान र नगद तीस हजार समेत चोरेर भागेका थिए ।
पसल चोरिएको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा पोखरा -६ शान्तिपाटनबाट चोरिएका सामान कांचको कचौरा ६७ वटा , काँचको थाल ४ वटा, नगद नौ हजार छ सय सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि चोरी तथा डाँका कसूर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ