गण्डकीमा ६४७ परीक्षणमा २०० जनामा कोरोना पुष्टि, थप एक संक्रमित महिलाको मृत्यु

गण्डकीमा ६४७ परीक्षणमा २०० जनामा कोरोना पुष्टि, थप एक संक्रमित महिलाको मृत्यु

IMG_5797

पोखरा – बिहीबार गण्डकीमा थप २०० जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९९०३ पुगेको छ ।

स्वास्थ्य निर्देशनलयद्वारा बुधबार प्रकाशित विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ६४७ जनामा गरिएको परीक्षणमा थप २०० जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमितहरु कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, स्याङ्गजा, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाका छन्। जस अनुसार कास्कीमा ६९ जना, तनहुँमा ४७ जना, गोरखा   मा २ जना, लमजुङमा ८ जना, नवलपुरमा ४८ जना, स्याङ्गजामा १२ जना, पर्वतमा ५ जना, बाग्लुङमा ५ जना, म्याग्दीमा १ जना र मुस्ताङका ३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीमा ९ जना कोरोना मुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या ४९७९ पुगेको छ ।

कोरोना संक्रमणका कारण बिहीबार पनि ७५ वर्षीया महिलाको मृत्यु भएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ