स्याङ्गजा – १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन चौपारी गाउँपालिका वडा नं -३ गहते बस्ने २७ वर्षीय खेम बहादुर नेपाली रहेका छन् ।
स्याङ्गजाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीका अनुसार गएको सोमबार रातको समयमा आफ्नै घरमा सुतिरहेको अवस्थामा नेपालीले जबर्जस्ती करणी प्रयास गरेको भन्दै युवतीसहित सासु ससुराले मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्गजामा जाहेरी दिएका थिए । जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्गजाबाट खटिएको प्रहरीको टोलीले नेपालीलाई पक्राउ गरेको हो ।
नेपालीले प्रहरी समक्ष आफु रातको समयमा ढोका खोलेर गएपनि करणी भने नगरेको बताएका छन् । तर, रातको समयमा युवती सुतिरहेको अवस्थामा त्यसरी ढोका खोलेर जानु राम्रो नियत नदेखिएको प्रवक्ता अधिकारीले गण्डक न्युजसंग बताए । अधिकारीले भने- “जबर्जस्ती करणी उद्योग मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिइ सकेका छौं, बाँकी कुरा अनुसन्धानपछि खुल्नेछ ।”
युवतीका श्रीमान् रोजगारीका लागि हाल विदेश रहेको बुझिएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो