वालिङ ठाडोलाइनबाट अवैध लागुऔषध सहित युवक पक्राउ

वालिङ ठाडोलाइनबाट अवैध लागुऔषध सहित युवक पक्राउ

police-arrest

सांकेतिक तस्विर

स्याङ्गजा – प्रहरीले अवैध लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको वालिङ नगरपालिका वडा नं -९ ठाडोलाइन बस्ने २१ वर्षीय जितन कुँवर अवैध लागुऔषध सहित पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा कुँवरको ग्यारेजमा थन्क्याएर राखेको ग ४ प ८१७९ नंवरको मोटरसाइकलको सिटमुनि लुकाई राखेको लागुऔषध फेनरागन ११ एम्पुल, नोर्फिन ९ एम्पुल, डाईजेपाम १० एम्पुल र सिरिन्ज ३ थान सहित कुँवरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ