गण्डकीमा कोरोना : ६३३ परीक्षणमा १६६ जनामा कोरोना पुष्टि, थप एकजनाको मृत्यु

गण्डकीमा कोरोना : ६३३ परीक्षणमा १६६ जनामा कोरोना पुष्टि, थप एकजनाको मृत्यु

IMG_5788

पोखरा – मंगलबार गण्डकीमा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा ६३३ जनाको पीसीआर परीक्षण गरिएकोमा प्रदेशका सात जिल्लाका थप १६६ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमितहरु कास्की, तनहुँ, गोरखा, स्याङ्गजा, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका रहेका छन् । जस अन्तर्गत कास्कीमा ९८, तनहुँमा १२, गोरखामा २१, स्याङ्गजामा ११, पर्वतमा १३, बाग्लुङमा ७ र म्याग्दीका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९ हजार ५ सय २१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीमा कोरोना मुक्त हुनेको संख्या १९ पुगेको छ । यो संगै, प्रदेशमा कोरोनाबाट निको भई घर फर्कनेको संख्या ४ हजार ९ सय ६५ पुगेको छ ।

यस्तै गण्डकीमा आज १ जनाको मृत्यु पुष्टि भएको छ । यो संगै, प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११२ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds