तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध र भरुवा बन्दुकसहित ४ जनालाई पक्राउ गरेको छ ।
सोमबार जिल्लाको शुक्लागण्डकी-२ हलेदी स्थितमा लागुऔषध कारोवार गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट गएको प्रहरी टोलिले शुक्लागण्डकी-२ शेरा बस्ने वर्ष ३० को मनोज क्षेत्रीलाई पक्राउ गरेको छ ।
त्यस्तै गोरखाको साबिक आरूपोखरीथोक गाविस ४ स्थायी घर भई हाल शुक्लागण्डकी-५ बस्ने वर्ष ३० को रबि गुरूङ र व्यास-४ दमौली बस्ने वर्ष २१ का सन्तोष गुरूङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनिहरूको साथबाट डाईजेपाम, नुर्फिन, फेनेरागन गरी कुल २८६ वटा एम्पुल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उक्त घटनामा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको भिमाद नगरपालिका-२ बन्दिछाप सिमलबोट बस्ने वर्ष ६० को टुक बहादुर थापाले अवैध रुपमा हातहतियार साथमा लिई हिंडी रहेको भन्ने गोप्य सुचनाको आधारमा सोमबार भरुवा बन्दुक हातमा लिई हिडँडुल गरिरहेको अवस्थामा उनलाई एक नाले भरुवा बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सो विषयमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
यस्तै सोमबार जिल्लाको व्यास-१० डिगाउँ स्थित लक्ष्मी परियारको घरमा सोही स्थान बस्ने ३० वर्षीय मनोज सुनारले अबैध रूपमा शिशौको काठ राखेको सुचनाका आधारमा प्रहरी टोली खटी लक्ष्मी परियारको घर गोठ खानतलासी गर्दाअबैध रूपमा राखिएको शिशौको एघार थान चिरूवा फेन्टा १९।०४ क्युफिट काठ बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त काठ डिभिजन वन कार्यालय दमौली तनहुँमा बुझाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ