अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ३ वटा ट्याक्टर नियन्त्रण

अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ३ वटा ट्याक्टर नियन्त्रण

tactor

File Photo.

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान अन्दाजी २:३० बजेको समयमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ८ नदि किनार स्थित बगरबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् एवं लोड गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलचौतराले ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको ग १ त २५९० नं को ट्याक्टर, ग १ त ४१५८ नं को ट्याक्टर र को २ त ६२९१ नं को ट्याक्टर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds