पोखरा । ‘अनलाइन पत्रकार संघ गण्डकी (ओजाग)’ ले स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेभसाइट शुभारम्भ गरेको छ । मंगलबार पोखरामा एक समारोहका बीच ओजागले अनलाइन मिडियाकर्मीका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण र आफ्नो संस्थागत वेबसाइट www.ojag.org.np को शुभारम्भ गरेको हो ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरे । युकेबाट समाजसेवी इन्द्र घोतानेको सक्रियतामा संघलाई प्राप्त ९१ हजार रुपैंयाबाट ति स्वास्थ्य सामाग्री खरिद गरिएको हो ।
सो अवसरमा मन्त्री गुरुङले संघको आधाकारिक वेभसाइट ओजाग डटओआरजीडट एनपी पनि सार्वजनिक गरे ।

मन्त्री गुरुङले कोरोना महामारीको असरले पुर्याएका सबै क्षेत्रलाई विस्तारै लयमा फर्काउन प्रदेश सरकार नीतिगत तरिकाले अगाडि बढिरहेको बताए । कोभिड १९ नियन्त्रण भन्दा बाहिर गएको र अब आफै सुरक्षित रहनुपर्ने आवश्यकता रहेको उनले कोरोनालाई व्यवहारिक ढंगले नियन्त्रणमा लैजानुपर्ने उल्लेख समेत गरे ।
स्वास्थ्यकर्मी, चिकित्सकलाई भत्ताको सुविधा उपलब्ध गराउँदा पनि समस्या बेहोर्नुपरेको बताउँदै गुरुङले कोभिडका कारणले यतिबेला सबैको समस्याको रुपमा रहेको र चिकित्सकहरु समेत खटिन नमान्दा आफ्नो र आफ्नो परिवारको स्वास्थ्य सुरक्षामा स्वयंले आफ्नो ध्यान पुर्याउनुपर्ने बताए ।
प्रदेश सरकारले केही समय अगाडि सुचना सार्वजनिक गर्दै ल्याएको लोककल्याणकारी विज्ञापनको विषयलाई सबैको सल्लाह, सुझाव र प्रतिक्रियाका आधारमा अगाडि बढाइने मन्त्री गुरुङले बताए । उनले भने–“अहिले हामीले शुरुवात गरेका हौं, गर्दै नगर्नुभन्दा शुरु गर्नु राम्रो हो, सबैको साथ सहयोगबाटै लोककल्याणकारी विज्ञापनलाई सफल बनाउनेमा प्रदेश सरकार छ ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार रामजी लम्साल, केशव पाठक, संघका कोषाध्यक्ष सुनिल पाण्डे लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष ढाका मोहन (गणेश) बरालको अध्यक्षतामा भएको थियो ।
“दोश्रो जिवन पछि सहयोग गर्ने अवसर जुट्यो”–इन्द्र घोताने, युके
समाजसेवी इन्द्र घोतानेले आफ्नो दोश्रो जिवन पछि सहयोग गर्ने अवसर जुटेको बताएका छन् । कोभिड १९ को संक्रमण पछि २५ दिन सधन उपचार कक्षमा र ३० दिन अस्पताल विताएर घर फर्किए पछि कुरा गर्दै सबैको माया, सदभाव र आर्शिवादले आफूले कोभिड–१९ लाई जित्न सकेको बताए ।

विदेशमा रहेर पनि समाजसेवा मार्फत दुःखी, असहायलाई सहयोग गर्न रुचाउने घोतानेले अनलाइन पत्रकारहरुलाई कोभिड–१९ को महामारीमा समेत आफ्नो सक्रियतामा रकम संकलन गरी सहयोग गर्न पाउँदा निकै खुसी लागेको धारणा अघि सार्दै सवै सहयोगी मनहरुलाई आभार समेत व्यक्त गरे । “कोभिड १९ को महामारीको समयमा समेत अनलाइनमा कार्यरत पत्रकारहरुले जोखिमका साथ काम गर्नु भएको छ”, उनले भने–“यो सानो सहयोगले उहाँहरुको हौसला बढ्ने छ ।”
उनको नेतृत्वमा सहयोग गर्नेहरुमा ईन्द्र घोथाने, नन्दजंग गुरुङ, तमु धी एसोसियसन युके अध्यक्ष, महासचिब, क्वोने घोथाने घोन्डे गुरुङ्ग परिवार यूके, अनररील्याटन चन्द्र तथा बिमलागुरुङ्ग, अध्यक्ष, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, पुनम गुरुङ्ग, अध्यक्ष, एन.आर.एन.यूके, भिम महेन्द्र गुरुङ्ग, अध्यक्ष हंगकंग नेपाली मंच, यूके, शिब गुरुङ्ग, अध्यक्ष, तमु समाज यूके, शान्त गुरुङ्ग, एन आर.एन.यूके सल्लाहकार, नारायण गुरुङ्ग, क्वोने घोताने, घोन्डे गुरुङ्ग यूके परिवार सल्लाहकार, क्यापटेन नारायण गुरुङ्ग तथा चन्द्र कुमारी गुरुङ्ग,क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार चेलीबेटी उपप्रमुख, धना पुन गुरुङ्ग, लण्डन, दुर्गा गुरुङ्ग, अध्यक्ष, बेजिङ्गस्टोक गुरुङ्ग समाज यूके, नारदमणि गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके सस्थापक उपाध्यक्ष रहेका छन् ।
त्यसै गरी सहयोग गर्नेहरुमा कुमार गुरुङ्ग, अध्यक्ष,सहारा यूके, राचेल गुरुङ्ग (राजु )क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके चेलीबेटी प्रमुख, कृष्ण गुरुङ, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके सल्लाहकार, हेरी गुरुङ्ग, एन आर एन यूके कार्यसमिति सदस्य, बोहत गुरुङ्ग, कोषाअध्यक्ष, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, कुसांङ्ग गुरुङ्ग, उपाध्यक्ष सहारा यूके, हरि गोविन्द गुरुङ्ग, बरिष्ठ सल्लाहकार, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, धनकाजी गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, क्यापटेन पिताम्बर गुरुङ्ग, उपाध्यक्ष क्वोंने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, ईन्द्र नारायण गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, धनु पुरन थकाली, महासचिब, सहारा यूके, अतित गुरुङ्ग, लण्डन, नर बहादुर गुरुङ्ग, लण्डन रहेका छन् ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो