पोखरा ५, मालेपाटनस्थित आइसोलेसनबाट सोमबार राति एक जना कोरोना संक्रमित भागेका छन् । कृषि तालिम केन्द्रमा पोखरा महानगरले व्यवस्थापन गरेको सो आइसोलेसनमा रहेका बुटवल घर भइ पोखरा ६ बुलौंदी बस्ने ३३ वर्षीय ति संक्रमित भागेका हुन् ।
र ती पुरुष कार्तिक १६ बाट आइसोलेसनमा बसेका थिए । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले सोमबार राति खाना खाएर सुतेका उनी बिहान कोठामा नभेटिएको बताएका छन् ।
तर, उनीसँगै आइसोलेसनमा बस्नेहरुका अनुसार साँझ खाना खाने बेला साथीसँग कुरा गर्न भन्दै माथिल्लो तल्लामा पुगेको र त्यहींबाट हामफालेर भागेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले ति संक्रमित पोखरामा मासु व्यवसाय गर्दै आइरहेको बताएका छन् ।
दशैंका बेला च्यांग्राको मासु बेच्न उनले अरुबाट खरिद गरेका थिए । तर त्यो च्यांग्राको रकम भुक्तानी नगरेको आरोपमा उनीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । धरौटी बुझाउन नसकेपछि जेल चलान भएका उनी श्रीमतीले धरौटी तिरिसकेको अवस्थामा पनि किन भागे ? यसतर्फ अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ । २३ लाख रुपैयाँको च्यांग्रा खरिद गर्दा खाली चेक दिएर ठगी गरेपछि उनी पक्राउ परेका थिए ।
उनको प्रहरीले उनको खोजी गरिरहेको छ । आइसोलेसनमा खटिएका सुरक्षाकर्मीले ती पुरुषको घर वरपर खोजी गरिरहेको बताइन्छ । संक्रमित अवस्थामा भागेपछि जोखिम बढेको छ ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो