तनहुँमा ५ जना कोरोना संक्रमित थपिए, बन्दिपुरका ३ जना

तनहुँमा ५ जना कोरोना संक्रमित थपिए, बन्दिपुरका ३ जना

Corona update 4

तनहुँ । तनहुँमा ५ जना कोरोना संक्रमित थपिएको छ । जिल्लाको शुक्लागण्डकी र व्यास नगरपालिकामा १/१ जना र बन्दिपुर गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुक्लागण्डकी-४ का ४२ वर्षीय पुरुष र व्यास-६ की ६३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै बन्दिपुर-२ की २४ वर्षिया महिला र ३३ वर्षीय पुरुष, बन्दिपुर-५ का ५२ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ