इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज मंगलबार दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने ८ बजे सुरु हुनेछ।
मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो। रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई आईपीएलकै सर्वाधिक सफल टिम हो । मुम्बईले सर्वाधिक ४ पटक आईपीएल उपाधि जितेको छ । दुबईमा दिल्लीलाई हराएर मुम्बई पाँचौ उपाधि आफ्नो बनाउन चाहन्छ ।
तर, श्रेयस अयरको कप्तानीमा मैदान उत्रने दिल्ली भने पहिलो पटक फाइनल खेल्दैछ । त्यसैले दिल्ली मुम्बईलाई हराएर इतिहास रच्दै पहिलो उपाधि जित्न चाहन्छ । बलियो मुम्बईविरुद्ध जित निकाल्न दिल्लीलाई सहज भने छैन । तर, दिल्ली अघिल्ला तीन खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
लिग चरणको पहिलो खेल मुम्बईले दिल्लीमाथि ५ र दोस्रो खेल ९ विकेटको जित निकालेको थियो । यस्तै, पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा हार व्यहोरे पनि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्दै पुनस् मुम्बईसँगको भेट पक्का गरेको हो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने