तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निजउपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवान फैसला गरेको थियो ।
अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।
त्यसैगरी कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका छ, कुटपिट मुद्दाका छ, विसं २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका दुई र चोरी मुद्दाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै लुटपाट मुद्दामा एक, जालसाजी मुद्दामा एक, घरेलु हिंसा मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, केही सार्वजनिक अपराध मुद्दाका एक र गाली बेइज्जती मुद्दाका दुई गरी जम्मा ३० जनालाई पक्राउ गरिएको प्रनाउ तिमिल्सेनाले जानकारी दिए।
पक्राउ परेकाबाट हुन आउने कैद एक महिना १८ दिन र जरिवाना तीन लाख ३७ लाख ९५० रुपैयाँ जरिवाना असुल भएको छ । उक्त कैद र जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की