गण्डकीमा क्वारेन्टाइनमा रहनेको संख्या २ सय ८६ मात्रै, साढे ८ हजार क्वारेन्टाइन बेड

गण्डकीमा क्वारेन्टाइनमा रहनेको संख्या २ सय ८६ मात्रै, साढे ८ हजार क्वारेन्टाइन बेड

123847327_1585272698348276_3793591661228095027_n

होम आइशोलेसनमा अत्यधिक रहँदा क्वारेन्टाइन भने गण्डकी प्रदेशमा खाली खाली अवस्थामा रहेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा ४३३ वटा क्वारेन्टाइन निर्माण भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २८७ जना मात्र अहिले क्वारेन्टाइनमा रहेका छन् ।

पहिले जिल्ला बाहिर वा देश बाहिर (विशेष गरी भारत) बाट आउँदा अनिवार्य क्वारेन्टाइनमा बस्न बाध्यकारी अवस्था थियो । अहिले त्यो अवस्था छैन । घरमै छुट्टै बस्न सक्ने व्यवस्था आएपछि क्वारेन्टाइन बस्दैनन् । सबैभन्दा बढी स्याङ्जामा १४६ जना क्वारेन्टाइनमा छन् । नवलपुरमा ५६ जना छन् ।

हाल क्वारेन्टाइनमा रहने पुरुष २५३ जना र महिला ३४ जना छन् । १७ सय ४८ जना संक्रमित घरमै छन् । अहिले सक्रिय संक्रमित मात्रै ४१ सय ८५ जना छन् ।

आँकडा हेर्नुहोस्

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ