गण्डकीमा कोरोनाबाट उत्पादनशील उमेर समूहका सबैभन्दा धेरै संक्रमित

गण्डकीमा कोरोनाबाट उत्पादनशील उमेर समूहका सबैभन्दा धेरै संक्रमित

123920141_812619026168239_3652119296730214043_n

गण्डकी प्रदेशमा उत्पादनशील उमेर समूहका सबैभन्दा धेरै संक्रमित भएका छन् ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका संक्रमित मध्ये सबैभन्दा धेरै उत्पादनशील २० देखि ४० वर्ष उमेर समूहमा पर्ने युवाउमेर समूहका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । गण्डकी प्रदेशमा कुल संक्रमितको २७.१८ प्रतिशत संक्रमित २० देखि ३० वर्ष उमेर समूहका रहेका हुन् ।

गण्डकी प्रदेशमा हालसम्म कुल ९ हजार १ सय ५८ जना कोरोना संक्रमित भएकोमा २० देखि ३० वर्ष उमेर समूहका २ हजार ४ सय ९० जना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सो उमेर समूहका संक्रमित मध्ये १ हजार ७ सय ९९ जना पुरुष र ६ सय ९१ जना महिला संक्रमित भएका छन् ।

 सबैभन्दा कम ९० देखि १०० वर्ष उमेर समूहका छन् । यो उमेर समूहमा ५ जना पुरुष र २ जना महिलासहित ७ जना संक्रमित रहेका छन् । यो कुल संक्रमित संख्याको ०.०७६ प्रतिशत हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ