देउसीभैलो मेला महोत्सवको आयोजना नगर्नू, घर परिवारसंग मात्र चाड मनाउनू – कास्की प्रशासन

देउसीभैलो मेला महोत्सवको आयोजना नगर्नू, घर परिवारसंग मात्र चाड मनाउनू – कास्की प्रशासन

jilla-prashan

पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले नजिकिंदै गरेको तिहार तथा छठ जस्ता चाडपर्व भीडभाड नगरी आफु रहेकै स्थानमा परिवारका सदस्यसँग मनाउन आग्रह गरेको छ ।

जिल्लामा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गइरहेका कारण आवागमन तथा भीडभाडजन्य गतिविधिले संक्रमणको जोखिम थप जटिल हुने भन्दै प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ -“कोरोना संक्रमणको न्यूनीकरणका लागि सरकारले तोकेको मापदण्डको पालना गर्दै देउसी भैलो जस्ता कार्यक्रमको आयोजना नगर्नु नगराउनु, जिल्ला भित्र कुनै पनि किसीमको मेला महोत्सवको आयोजना नगर्नु नगराउनु, आतसबाजी, पटाका भूँइचम्पा लगायतका विस्फोटक पदार्थहरुको ओसारपसार तथा बिक्री वितरण नगर्नु नगराउनु हुन अनुरोध छ ।”

अन्यथा यस सूचना अवज्ञा गर्नेलाई प्रशासन कार्यालयले संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds