तनहुँ । तनहुँको व्याँस नगरपालिका-५ मा रहेको पर्यटकीयस्थल मानहुँकोटमा अबदेखि दैनिक ३०० जना मात्रै जान पाउने भएका छन् ।
पछिल्लो समय एक्कासि पर्यटकको संख्या बढेपछि दैनिक ३०० जनालाई मात्रै मानहुँकोट जान अनुमति दिने निर्णय गरिएको मेयर वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
आन्तरिक पर्यटक बढेपछि त्यसको व्यवस्थापनका लागि आइतबार मानहुँकोटमै नगरपालिकाको बैठक बसेको थियो ।

बैठकले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रणमा आइनसकेको बेला भिड बढेकोले त्यसको व्यवस्थापनका लागि रजिस्जेशन गरेर मात्रै पठाउने निर्णय गरिएको मेयर न्यौपानेको भनाइ छ । रजिस्टेशन शुल्क भने नलिइने उनले बताए ।
शनिबार मात्रै देशका विभिन्न स्थानबाट मानहुँकोटमा १० हजार भन्दाबढी आन्तरीक पर्यटक आएका थिए । शनिबार आएको पर्यटक अहिलेसम्म मै सबैभन्दा ठुलो संख्या हो ।

पछिल्लो समय देशभर तथा विदेशमा समेत चर्चित भएको व्यास-५ मानहुँकोटमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले मानहुँकोटमा अबको २ महिना जग्गा किनबेचमा रोक लागाउने निर्णय गरेको व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय ह्वात्तै पर्यटक बढेसंगै जग्गा जमिनको किनबेच हुन् थालेपछि नगरपालिकाको उक्त कार्य २ महिना रोक्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै बैठकले एक महिना भित्र मानहुँकोटको गुरुयोजना तयार गर्ने, खानेपानीको लागी डीपिआर गर्ने, सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै नगरपालिकाले सार्वजनिक शौचालयको निर्माणका लागी २५ लाख बजेट निकासा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै मानहुँकोटमा सरसफाईका लागी एक जना कर्मचारी राख्ने निर्णय बैठकले गरेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै उक्त बैठकले विपदले सडकमा पुर्याएको क्षति मर्मत सम्भारका लागी १ हजार थान जाली र १० लाख बराबरको ह्युम पाईप खरिद गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता श्रेष्ठले बताए ।
ठुलो संख्यामा पर्यटक आउँन थालेसंगै मानहुँकोटमा पार्किङ्गको अझै आवश्यकता देखिन्छ । त्यस्तै सुरक्षा व्यवस्था समेत कडाई गरिनु जरुरी छ । साथै कोभिड १९ को जोखिम रहिरहेका कराण अन्य जिल्लाबाट आउने पर्यटकबाट झनै जोखिम बढ्न सक्ने भएको हुँदा सचेत हुन आवश्यक रहेको देखिन्छ ।
सम्बन्धित खबर
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु
प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
आजदेखि हेमजा आलु महोत्सव
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला