गण्डकीमा कोभिडः पोखराका ३ सहित ४ को मृत्यु, ४२ सहित गण्डकीमा थप १४० जना थप, ९१ सय ५८ पुगे

गण्डकीमा कोभिडः पोखराका ३ सहित ४ को मृत्यु, ४२ सहित गण्डकीमा थप १४० जना थप, ९१ सय ५८ पुगे

Gandaki covid corona 12

पोखरा – गण्डकीमा थप १४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयद्वारा जारी आइतबारको पाँचवटा विज्ञप्ति अनुसार प्रदेशका ९ जिल्लाका थप १४० जनामा कोरोना पुष्टि भएको हो ।यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९ हजार १ सय ५८ पुगेको छ ।

संक्रमित रहेका जिल्लामा कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, स्याङ्गजा, पर्वत, म्याग्दी र मुस्ताङ छन् । जसमा कास्कीमा ४२, तनहुँमा ३ जना, गोरखामा २ जना, लमजुङमा १२ जना, नवलपुरमा ५८ जना, स्याङ्गजामा ७ जना, पर्वतमा ८ जना, म्याग्दीमा ४ जना र मुस्ताङका ४ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ ।

पोखराका ३ सहित ४ को मृत्यु भएको छ । पोखरा १३ का ९२ वर्षीय पुरुष, पोखरा ८ का ६७ वर्षीय पुरुष, पोखरा ९ की ७५ वर्षीया महिला र स्याङ्जा गल्याङ ७ की ५० वर्षीय पुरुषको मृत्यु पुष्टि भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ