पोखरा -१३ र स्याङ्जा गल्याङका १/१ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

पोखरा -१३ र स्याङ्जा गल्याङका १/१ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

corona death world

पोखरा  – कोरोना संक्रमणका कारण आइतबार थप २ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार प्रदेशका दुई जिल्ला कास्की र स्याङ्गजाका २ जनाको मृत्यु पुष्टि भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं -१३ निवासी ९२ वर्षीय पुरुष छन् । गत कार्तिक १६ गते संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका उक्त पुरुषको शनिबार मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै स्याङ्गजा जिल्ला गल्याङ नगरपालिका -७ का ५० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको छ। गत कार्तिक १८ गते कोरोना पुष्टि भई लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत उक्त पुरुषको आज बिहान ७:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०५ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds