कोरोनाले ३५ पोखरेली सहित पोखरामा मात्रै ५४ को मृत्यु, गण्डकीमा ज्यान जानेमध्ये आधा पोखराका

कोरोनाले ३५ पोखरेली सहित पोखरामा मात्रै ५४ को मृत्यु, गण्डकीमा ज्यान जानेमध्ये आधा पोखराका

Pokhara beautyy

नेपालमा अहिलेसम्म कोरोनाबाट १ हजार ८७ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये गण्डकी प्रदेशमा १०३ जनाको मृत्यु भएको छ । कार्तिक २० गतेसम्म पोखरा महानगरपालिकाको तथ्यांकमा मृतकको संख्या ५४ पुगेको छ । त्यसमध्ये पनि पोखराका मात्रै ३५ छन् । पोखरा बाहिर जिल्लाबाट आएका १९ जनाको यहाँ नै मृत्यु भएको छ ।

पोखरामा हालसम्म ३ हजार ४ सय १२ जना कोरोनाबाट संक्रमित भएका छन् । यसमा २२ सय ३९ पुरुष र ११ सय ७३ महिला छन् । हाल २ हजार २ सय ३५ जना सकृय संक्रमित रहेका छन् भने १ हजार १ सय २३ जना कोरोना संक्रमित निको भएका छन् ।

पोखरामा बाहिरका कुल २५० जना संक्रमित भएकोमा हाल २०८ सकृय केस रहेका छन् । उनीहरु मध्ये २३जना निको भएर घर फर्किएका छन् भने १९ जनाको मृत्यू भएको महानगरपालिकाले जनाएको छ । तर, स्वास्थ्य निर्देशनालय गण्डकीले भने कास्कीमा कार्तिक २२ गतेसम्म जम्मा ४२ जनाको मृत्यु भएको देखाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ