पाेखराका एक व्यक्तिले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिन मनाउँदै वृद्धाश्रमलाई समेत खाद्यान्न वितरण गरेका छन् ।
काठमाण्डौ बुढानिलकण्ठ घर भइ पोखराको लेखनाथ भण्डारढिक बस्दै आएकी शभ्न गुरुङले आफ्नो १६ औ जन्मदिन मनाउदै पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमलाई खाद्यान्न सामाग्री समेत वितरण गरेकी हुन । कोरोना महामारीको कारण धेरैलाई समस्या परिरहेको सन्दर्भमा बृद्धाश्रममा समेत खाद्यान्न सामाग्रीहरुको अभाव नहोस भनी गुरुङले आफ्नो जन्मदिनमा हुने फजुल खर्चलाई जोगाएर बृद्धाश्रममा खाद्यान्न सामाग्री प्रदान गरेकी हुन ।
पोखरामा रहेको बृद्धाश्रम मध्ये सवैभन्दा वढी बृद्ध आमावुवा आश्रित रहेको राधाकृष्ण बृद्धाश्रममा आफ्नो जन्मदिनको अवसर पारी खाद्यान्न सामाग्रीहरु प्रदान गरी सामाजिक काम गर्न पाएकोमा गुरुङले खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने वताइन ।
सो अवसरमा वोल्दै शभ्न गुरुङकी वुवा नविन गुरुङले पछिल्लो समय युवा पुस्ताहरुले जन्मदिनको अवसरमा साथीभाइ जम्मा गरी विभिन्न रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा रमाइलो गरी फजुल खर्च गर्ने प्रचलन रहेको र त्यसो गर्नुभन्दा आश्रममा रहेको वेसहारा वुवा आमाहरुलाई सानै भएपनि सहयोग गर्न सकेको खण्डमा पुण्य प्राप्त हुने वताए । आफुले पनी आफ्नो छोरीलाई सानै उमेरदेखी सामाजिक सेवामा अगाडि वढाउने प्रयत्न सहित पहिलो पटक बृद्धाश्रममा छोरीको जन्मदिन मनाउन आएको र सानो सहयोग गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा पनी यस्तो पुण्य कामलाई निरन्तरता दिने वताए ।
जन्मदिनको अवसर पारि आफुहरु आश्रित रहेको राधाकृष्ण बृद्धाश्रममा आएर सहयोग गरेकोमा बृद्धाश्रमका जेष्ठ नागरिक विष्णुभक्त कुइकेलले गुरुङ परिवारलाई धन्यवाद ब्यक्त गर्दै यसरी बृद्धाश्रममा आएर जन्मदिन मनाउदा आफुहरु निकै खुसी हुने गरेको वताए । यसरी नै विभिन्न ब्याक्तिहरुको सहयोगमा बृद्धाश्रममा आफुहरुले दैनिकी चलाउदै आएको र हाल बृद्धाश्रममा ५५ जना बृद्धा बुवा आमाहरु आश्रित रहेको उनको भनाइ रहेको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने