पोखरा – शनिबार गण्डकीमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टाको कूल ९३८ परीक्षण मध्ये २७८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयद्वारा आज जारी पांचवटा विज्ञप्ति अनुसार प्रदेशका ८ जिल्लाका थप २७८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितहरु कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, स्याङ्गजा, पर्वत र बाग्लुङ जिल्लाका छन् ।
क्षयरोग उपचार केन्द्र, लाईफ केयर डाईग्नोष्टिक प्रालि, स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा गरिएको परीक्षणमा कास्कीको पोखरामा सबैभन्दा धेरै १८६ जना, तनहुँमा २८ जना, गोरखामा ३१ जना, लमजुङमा १० जना, नवलपुरमा ६ जना, स्याङ्गजामा ५ जना, पर्वतमा २ जना र बाग्लुङका १० जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै २४ घन्टामा गण्डकीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ पुगेको छ । यो संगै, हालसम्म संक्रमणलाई जितेर घर फर्कनेको संख्या ४ हजार ८ सय ५२ पुगेको छ ।
आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९०१७ पुगेको छ । भने, संक्रमणकै कारण पछिल्लो २४ घन्टामा प्रदेशमा ३ जनाले ज्यान गुमाएका छन् । यो संगै, गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।






सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने