बेनी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा सुविधासम्पन्न १० बेडको अस्पताल निर्माण गरिने भएको छ । नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणाअनुसार गाउँपालिकाको केन्द्रसमेत रहेको मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरिएको हो ।
सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि मौवाफाँटमा जग्गा व्यवस्थापनसहित आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पालिकाभित्रका बहुसङ्ख्यक नागरिकलाई पायक पर्ने गरी गाउँपालिकाको केन्द्र रहेकै स्थानमा अस्पताल निर्माण गर्ने निर्णय भएको छ ।
कूल रु १० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माणमा चालू आवका लागि रु ८५ लाख बजेट प्राप्त भएको छ । यसअघि सङ्घीय सरकारमार्फत रघुगङ्गा–१ बेगखोलामा स्वास्थ्य चौकी विस्थापन गरी अस्पताल निर्माण गर्ने योजना स्वीकृत भएको थियो । तर यसैवर्षदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत बेग स्वास्थ्य चौकीको पुनःनिर्माणको काम अघि बढेको कारण एकै स्थानमा एकै प्रकारका दुई योजना अघि बढाउनु उपयुक्त नभएको सो स्थान अधिकांश वडाको लागि अपायक पर्ने भएकाले अस्पताललाई गाउँपालिकाको केन्द्रमा निर्माण गर्ने निर्णय भएको जनाइएको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला