कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

manoj-gajurel-_-nayapatrika

काठमाडौ । दशैंको दिन (कात्तिक १० गते) कोरोना भाइरस पुष्टि भएका चर्चित हाँस्य कलाकार मनोज गजुरेलको मनोज गजुरेलको अवस्था गम्भीर भएको छ । गजुरलेलाई गत कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दियो ।

पारिवारिक स्रोतका अनुसार थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ । गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । कोरोना पुष्टि भएपछि गजुरेलले फेसबुक मार्फत जानकारी गराएका थिए । गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।

सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित ६ जना बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै गजुरेलसहित १८ जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालका प्रवक्ता प्रविण नेपालले बताए ।

कोरोनाबाट संक्रमित १०१ जना बिरामीहरु सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ