पैसा र ठूला मिडियाको सहयोगमा डेमोक्र्याटले भाेट चाेरे, चुनावमा धाँधली भो – ट्रम्प

पैसा र ठूला मिडियाको सहयोगमा डेमोक्र्याटले भाेट चाेरे, चुनावमा धाँधली भो – ट्रम्प

Trump, New York, USA – 26 Sep 2018

एजेन्सी । आफूलाई निर्वाचित हुन नदिनका लागि डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । उनले कुनै पनि प्रमाण बिना चुनावमा धाँधलीको आरोप लगाएका हुन् ।

नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरे । उनले भने, वैध मतका आधारमा हामी विजयी भएका छौँ, तर अवैध मतका आधारमा उनीहरु जित्न चाहन्छन् ।

उनले सर्वोच्च अदालत जाने र त्यसबाट आफू विजयी हुने बताएका छन् । उनले गणना सुरु भएकै दिन पनि ट्विट गर्दै आफ्नाे भाेट चाेर्ने प्रयास भएकाे दावी गरेका थिए ।

डेमोक्र्याटहरुले पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर डेमोक्र्याट तर्फ लगेको आरोप लगाए । उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए ।

उनले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए ।

प्रमुख ब्याटलग्राउण्ड राज्यहरुमा अहिले मतगणना भइरहेको छ र ती राज्यमा अहिले अधिकांश रुपमा हुलाक मार्फत आएका मत गणना हुन बाँकी छ । पहिले चुनावको दिन भएका मतदान गणना भएपछि राज्यहरुले हुलाकबाट आएका मत गन्न थालेका हुन् ।

चुनावको दिन भएको मतदानमा अघि देखिएका राज्यमा ट्रम्प हुलाकबाट आएका मत गणना हुन थालेपछि जो बाइडेनसँग उनको अग्रता कम भएको छ ।

हाल जर्जिया, पेन्सिलभेनिया र नर्थ क्यारोलाइना तथा अलास्कामा ट्रम्प अघि रहेका छन् । अलास्का ट्रम्पले जित्ने लगभग पक्का भए पनि जर्जिया र पेन्सिलभेनियामा बाइडेनले ट्रम्पलाई कडा टक्कर दिएका छन् र त्यहाँ धेरै मत गणना हुन बाँकी छ ।

बाँकी रहेका मत हुलाकबाट आएका हुन् । डेमोक्र्याटहरुले अग्रिम मतदान गर्न आफ्ना मतदातालाई आग्रह गरेका र रिपब्लिकनको तुलनामा डेमोक्र्याटहरुले कोरोना भाइरसको महामारीका कारण अग्रिम मतदान गरेका थिए ।

एरिजोना र नेभाडा राज्यमा जो बाइडेन अघि रहेका छन् । तर त्यहाँ ट्रम्पले कडा टक्कर दिएका छन् । सम्बोधनको क्रममा ट्रम्पले ती राज्यमा मतगणना जारी रहनु पर्ने बताए । तर आफ्नो अग्रता कम हुँदै गएका जर्जिया तथा पेन्सिलभेनियामा मतगणना हुन नहुने बताए ।

डमोक्र्याटिक उम्मेदवार बाइडेनले भने हरेक मत गणना हुनु पर्ने र जनताको आवाज सुनिनु पर्ने बताउँदै आएका छन् । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् ।

न्यूर्योक टाइम्सका अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । सिएनएनका अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।

अहिले ब्याटलग्राउण्ड राज्यहरु नेभाडा, एरिजोना, पेन्सेल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा मतगणना भइरहेको छ । नेभाडा र एरिजोनामा क्रमशः ६ र ११ इलेक्टोरल कलेज मत रहेको छ, जहाँ बाइडेनले लगातार अग्रता कायम राखेका छन् ।

यस्तै २० इलेक्टोरल कलेज मत रहेको पेन्सेल्भेनिया तथा १६ इलेक्टोरल कलेज मत रहेको जर्जियामा ट्रम्पको अग्रता कायम छ । तर त्यहाँ मतगणना हुँदै जाँदा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds