सर्वोच्चद्वारा सरकारले दिएको निवेदन खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क !

सर्वोच्चद्वारा सरकारले दिएको निवेदन खारेज, कोरोना परीक्षण र उपचार निःशुल्क !

sarbochha-adalatfhfn9suhpi

काठमाण्डौ – कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज भएको छ ।

बिहिबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले गत असोज १५ गते जारी भएको परामदेश नै अन्तिम हुने फैसला सुनाउँदै सरकारी निवेदन खारेज गरेको हो ।

यो फैसलासँगै कोरोना परीक्षणवापत शूल्क लिने काम अवैध भएको छ । अब सम्पुर्ण सेवा सरकारले निशुल्क गर्नु पर्छ ।

केही दिनअघि सर्वोच्चले कोरोनाको परीक्षण र उपचारमा सर्वसाधारणबाट शुल्क नलिन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको आदेश सरकारले नमानेपछि अधिवक्तद्वया लोकेन्द्र ओली र केशरजंग केसीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । अपहेलनाको मुद्दाको फैसला नआउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको तर्फबाट कात्तिक १७ गते पुनरावलोकन निवेदन गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds