तनहुँ । जेसीआई व्यासनगरले तनहुँको व्यास-५ मा रहेको परोपकार जेष्ठ नागरिक चौतारी पराशर आश्रममा आवश्यक सामग्री सहयोग गरेको छ । क्लबले स्पिकर, मादल, खैजडी र झुर्मा सहयोग गरेको क्लबका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए ।
जेष्ठ नागरिकलाई जुन जुन आवश्यक परेको थियो सोही अनुसार सहयोग गरेको अध्य्क्ष श्रेष्ठले जानकारी दिए ।
जेसीज सप्ताहन्तको पहिलो दिन क्लबले उद्घाटन संगै सहयोग कार्याक्रम गरेको कार्यक्रम संयोजक अनिल श्रेष्ठले बताए ।
कार्यक्रममा प्रमुख अतिथि व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ रहेका थिए ।
उक्त सामाग्रीको सहयोग व्यास-२ का मोहन पन्त (हाल अमेरिका)ले गरेका हुन् । साप्ताहन्तका मुल संयोजक इन्द्रलाल श्रेष्ठले कार्यक्रमको बारेमा बोलेका थिए ।
कार्यरमामा रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ, रोटरी क्लब अफ दमौलीका प्रथम उपाध्यक्ष जिवन श्रेष्ठ, क्लबका पुर्वअध्यक्षद्वय पविन्द्र श्रेष्ठ, सुरेश पुरी, परोपकार जेष्ठ नागरिक चौतारीका अध्यक्ष तारानाथ घिमिरे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत अनिल श्रेष्ठले र संचालन गणेश थापाले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु