तनहुँको खैरेनीटारबाट करिब २ लाख नगदसहित ७ जना जुवाडे पक्राउ

तनहुँको खैरेनीटारबाट करिब २ लाख नगदसहित ७ जना जुवाडे पक्राउ

tass

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले खैरेनीटारबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कार्तिक १८ गते मंगलबार बेलुका शुक्लागण्डकी नगरपालिका वडा नं ६ खैरेनीटार स्थित सापकोटा होटेल घरमा जुवा खेलिरहेका छ भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुवा खेल्ने र खेलाउनेसहित जिल्लाको शुक्लागण्डकी-११ बस्ने दिपक श्रेष्ठ, दिपक बि.क, शंकर शर्मा, कमल थापा ,जिल्लाको व्यास-१० बस्ने मोती कुमार श्रेष्ठ, बाग्लुङको ढोरपाटन-४ बस्ने टेक छन्त्याल र पर्वत बालको- ४ बस्ने रबि गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा १० जना र ईलाका प्रहरी कार्यालय बेलचौताराको टोलिले जुवाडेलाई नगदसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ लाख ९७ हजार ९५० रुपैयाँ र एक बुक तास बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

जुवाडेलाई नियन्त्रणमा लिएर जुवा कसुर अन्तरगत थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds