जनकपुर । जनता समाजवादी पार्टीका नेता एवं रौतहट क्षेत्र नम्बर १ का संघीय सांसद अनिलकुमार झाले सार्वजनिक रुपमा महिलालाई होच्याउने गरी दिएको अभिव्यक्तिको विरोध भएको छ । जनता समाजवादी पार्टी नेपालका निर्वाचन प्रमुखसमेत रहेका झाले कार्तिक ११ गते रौतहटको यमुनामाई गाउँपालिका–३ स्थित राजपुर तुलसीमा पार्टीका तर्फबाट आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकृतिका बारेमा चर्चा गरेका थिए ।
वैदेशिक रोजगारीमा गएका युवाले कमाएर पठाएको रकम यहाँ उनीहरुको श्रीमतीले मोजमस्तीमै सिध्याउने र परपुरुषसँग शारीरिक सम्बन्ध बनाउने गरेको भन्दै उनले यस्ता विकृतिलाई नियन्त्रण गर्न स्थानीय तहका प्रमुखहरुले ध्यान नदिएको गुनासो गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संघीय सांसद रेखाकुमारी झाले महिलाहरुप्रति जसपा नेपालका नेता झाले गरेको उक्त टिप्पणीको घोर भर्त्सना गरेकी छन् । उनले भनिन्, ‘सार्वजनिकरुपमा सम्पूर्ण महिला दिदीबहिनीको चरित्र हत्या हुने गरी दिएको उक्त अभिव्यक्ति फिर्ता लिनेमात्र होइन, यथाशीघ्र माफी माग्नु पर्दछ ।’
त्यस्तै, नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सभापति कृष्ण यादवले संघीय सांसद अनिल कुमार झाको राजीनामा माग गरेका छन् । सांसद झाले महिलाहरुप्रति सार्वजनिकरुपमै दिएको अभद र अश्लील अभिव्यक्तिको भर्त्सना गर्दै कांग्रेस जिल्ला सभापति यादवले उनको राजीनामाको माग गरेका हुन् ।
विज्ञप्ति जारी गर्दै उनले वैदेशिक रोजगारीका सिलसिलामा काम गर्न गएका सबै नेपाली नागरिकका श्रीमती वेश्यावृत्तिमा लागेकोजस्ता शब्द प्रयोग गर्ने अधिकार सांसद झालाई कसले दियो भन्ने प्रश्न पनि गरेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन