धनुषामा बृद्ध दम्पतिको पाँच मिनेट अन्तरमै मृत्यु, एउटै चितामा अन्तिम संस्कार

धनुषामा बृद्ध दम्पतिको पाँच मिनेट अन्तरमै मृत्यु, एउटै चितामा अन्तिम संस्कार

chita

धनुषा – धनुषामा ९१ वर्षीय श्रीमान र ८८ वर्षीया श्रीमतीको ५ मिनेटको अन्तरमा मृत्यु भएको छ ।

धनुषास्थित शहीद नगरपालिका वडा नं –१ निवासी श्रीमान रामखेलाबन यादव र उनकी पत्नी सुमिन्त्रादेवीको सोमबार बिहान ५ मिनेटको अन्तरमा मृत्यु भएको हो ।

मृतक दम्पतिको छोरा उपेन्द्रका अनुसार बिहान अन्दाजी ८:५० बजेको समयमा नित्यकर्ममा लाग्दा बाबुको मृत्यु भएको हो भने, मृत्युको खबर सुन्ने बित्तिकै आमा सुमिन्त्रादेवीको पनि मृत्यु भएको हो ।

एकैदिन केही क्षणको अन्तरमा श्रीमान श्रीमतीको यसरी मृत्यु हुनुलाई स्थानीयले आश्चर्य मानेका छन् ।

मृतक दम्पतिको एकै दिन एउटै चितामा अन्तिम संस्कार गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ