मुकेश चौरसियाको हत्यामा संलग्न निरञ्जन तिवारी पक्राउ

मुकेश चौरसियाको हत्यामा संलग्न निरञ्जन तिवारी पक्राउ

Mukesh Chaurasia

तस्वीरः सामाजिक सञ्जालबाट

सत्तारुढ दल नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले पर्सा बिन्दवासिनी गाउँपालिका–४ मधवल का ३२ वर्षे उत्तम भनिने निरञ्जन तिवारीलाई पक्राउ गरेको हो । हत्यापछि फरार रहेका उनलाई वीरगञ्ज–१६ इनर्वाबाट पक्राउ गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

कात्तिक ६ गते बिन्दवासिनी गाउँपालिका ५ मा आयोजित नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रमस्थल बाहिर दुई पक्षबिच भएको विवादमा झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए । उनको कात्तिक ७ गते वीरगञ्जमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ