आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्य गर्दै आएका अनेरास्ववियुका विद्यार्थी नेता बिनोद भण्डारीले यसपटक आगलागी पीडित परिवारलाई सहयोग गरेका छन् ।
अनेरास्ववियु कास्किका नेता बिनोद भण्डारीले गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराइरहेका बिरामीलाई आर्थिक सहयोग गरेका हुन् । आगोबाट जलेर आइसियूमा उपचाररत शेरबहादुर गुरुङको ४ जनाको परिवारलाइ ५ हजार ५ सय ५५ रुपैँया सहित फलफूल सहयोग गरेका हुन् । गुरुङ परिवारलाई उपचारमा कठिनाइ भएको कारणले आफ्नो जन्मदिनमा सहयोग गरेको भण्डारीले बताए ।
भण्डारीले अघिल्ला बर्षहरुमा पनि आफ्नो जन्मदिनमा अनाथ बालबालिकालाई स्टेशनरी तथा खेलकुद सामाग्री बितरण, सहारा क्लबका खेलाडीहरुलाई जर्सी बितरण लगायतका कार्य गर्दै आएका छन् ।
रातको समयमा कोठामा ग्याँस चुहावट हुँदा आगलागी भएर शेरबहादुरकी श्रीमती सहित ४ जनाको जिएमसीमा उपचार भैरहेको छ । उनीहरु मजदुरी गरेर खाने परिवार भएका कारण आर्थिक कठिनाई रहेको अनेरास्ववियुको नेता शेखर गौतमले बताए ।
दाह्री ग्याङ पोखराका संस्थापक संयोजक गौतमकै पहलमा यी परिवारको कल्याण भएको थियो । उनीहरुको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको र आफूले उपचारमा सुरुदेखि नै सहयोग गर्दै आएको गौतमले जानकारी दिए ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो