पोउवा संघका महासचिव पोखरेललाई पनि कोरोना संक्रमण

पोउवा संघका महासचिव पोखरेललाई पनि कोरोना संक्रमण

arjun pokhrel

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेललाई पनि कोरोना संक्रमण भएको छ । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । आजै संघका अध्यक्ष दामु अधिकारीले पनि आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि महासचिव पोखरेलले लेखेको स्टाटस छ, ‘ढिलोचाँडो एक दिन कोरोना संक्रमण अवश्य हुन्छ भन्ने मेरो मान्यता थियो र आज त्योबाट म अछुतो रहिन ।’ उनले सामान्य लक्षण देखिने वित्तिकै १० दिनदेखि आफू होम आइसोलेसनमा रहेको बताउँदै त्यसपछि कोहिसँग पनि सम्पर्कमा नरहेको स्पष्ट पारेका छन् ।

पोखरेलले कोरोना संक्रमित हुनु कुनै पाप नभएकाले घृणा होईन संक्रमितलाई सम्मान गर्न आग्रह गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ