पोउवा संघका अध्यक्ष अधिकारीलाई कोरोना पुष्टि, सुरक्षित रहँदै व्यवसाय गर्न व्यवसायीलाई आग्रह

पोउवा संघका अध्यक्ष अधिकारीलाई कोरोना पुष्टि, सुरक्षित रहँदै व्यवसाय गर्न व्यवसायीलाई आग्रह

Damu

पोखरा उद्योग  वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्योगी/व्यवसायीहरुलाई आफू सुरक्षित रहन तथा सुरक्षाका प्रबन्धसहित व्यवसाय संचालन गर्न आग्रह गरेका छन् ।

आफैलाई कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएलगत्तै अध्यक्ष अधिकारीले बढ्दो संक्रमणले निम्त्याएको जोखिमबाट बच्नु नै अहिलेको पहिलो आवश्यकता भएकोमा जोडसमेत दिएको छ ।

नेपाल रेडक्रम सोसाइटीका  महामन्त्री तथा सहोदर दाजु धर्मराज अधिकारीलाई संक्रमण पुष्टिसँगै कन्ट्रयाक्ट टे«सिङमा परेका अध्यक्ष अधिकारीलाई पनि संक्रमणले छोएको हो । अध्यक्ष अधिकारीसहित परिवारका अन्य सदस्यहरुमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको अवस्था सामान्य छ र घरमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

‘जोखिमबारे जानकार हुँदाहुँदै पनि म स्वयं र हाम्रो परिवार संक्रमणमा परेको छ’, अध्यक्ष अधिकारीले भने,‘ मान्छेको जीवनभन्दा ठूलो केही हुँदैन, त्यसैले व्यापार,व्यवसाय  गर्दा स्वास्थ्य  सुरक्षाका मापदण्ड पूरा गर्न तथा आफू सुरक्षित रहन म संघका सदस्य तथा आम व्यवसायीहरुसँग हार्दिक अनुरोध गर्दछु ।’  उनले दशैं भर्खर सकिएको र अर्को ठूलो चाड तिहार आउँदै गरेको सन्दर्भमा उल्लेख गर्दै महामारीको जोखिमलाई नजरअन्दाज नगर्न सर्वसाधारणलाई पनि आग्रह गरे ।

अध्यक्ष अधिकारीले समुदायमा फैलिएको संक्रमण तथा स्वास्थ्यका पूर्वाधारहरु अपुग भएको अवस्थाको गाम्र्भीर्यताप्रति गम्भीर बन्न स्थानीय,  प्रदेश तथा संघीय सरकारसँग अपील गरे । ‘कोरोनाको ओखती बनेको छैन,सामाजिक दूरी कायम  गर्नु  नागरिकको कर्तव्य हो भने स्वास्थ्यका पूर्वाधारको जोहो र पीसीआर परीक्षणको दायरा बढाउनु सरकारको जिम्मेवारी हो’, उनले भने,‘ सरकार आफ्नो जिम्मेवारीप्रति गम्भीर  बन्नैपर्छ, नागरिकको ज्यानको सुरक्षा गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार अझ सक्रिया होस् भन्ने निजी क्षेत्रको माग हो ।’

उनले लकडाउन र निषेधाज्ञाका कारण थला परेको निजी क्षेत्रका समस्याप्रति गम्भीर बन्दै घोषित राहतका कार्यक्रमहरु तत्काल लागु गर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds