पोखरा – शुक्रबार पोखराका १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयद्वारा आज जारी आठवटा विज्ञप्ति अनुसार पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैंठौ सातौँ र आठौं विज्ञप्तिमा क्रमसः १, ५८, १, ६, ५३, १, ३५ र २८ गरी जम्मा १८३ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार नै कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेका पोखरा -१५ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
निर्देशनालयद्वारा अद्यावधिक पहिलो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -१७ निवासी ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै निर्देशनालयको दोस्रो विज्ञप्ति अनुसार लाईफ केयर डाईग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा पोखराका ५८ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमितहरुमा पोखरा महानगरपालिका वडा नं -९ का २९ वर्षीय पुरुष र ३१ र ४४ वर्षीय महिला, पोखरा -८ का ७ वर्षीय बालक र ७० वर्षीय पुरुष सहित २० वर्षीया महिला, पोखरा -३ का ५२ वर्षीय पुरुष, पोखरा -१६ का १८ वर्षीय युवक सहित ३२ र ६० वर्षीय पुरुष, पोखरा -२ का ४३ वर्षीया महिला, पोखरा – १७ का ७५ वर्षीय पुरुष र ४६ र ४० वर्षीया महिला, पोखरा -३ का ५७ वर्षीय पुरुष, पोखरा -४ का ३३, ३४ र ३८ वर्षीया महिला र ३७ र ३० वर्षीय पुरुष, पोखरा -५ का ३८ वर्षीया महिला, पोखरा -१२ का २४ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै पोखरा -२७ का २९ वर्षीया महिला, पोखरा -१५ का २९, ५०, २३ र ३७ वर्षीय पुरुष, पोखरा -६ का ८९ वर्षीय पुरुष, पोखरा -७ का ५०, ४७ र ३७ वर्षीय पुरुष र २० वर्षीया युवती, पोखरा -१८ का ८१ वर्षीय पुरुष, पोखरा -२६ का २८ वर्षीया महिला, पोखरा -१ का ४५ वर्षीय पुरुष, पोखरा -२५ का ६४ वर्षीय पुरुष, पोखरा -१८ का ४३ वर्षीय पुरुष र पोखरा -१० का ५८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

निर्देशनालयको तेस्रो विज्ञप्ति अनुसार पोखरा महानगरपालिका वडा नं -११ का ३६ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । चितवन मेडिकल कलेजमा उनको कोरोना परीक्षण भएको थियो ।

यस्तै निर्देशनालयद्वारा जारी चौथो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखराका थप ६ जनामा संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नं -२५ निवासी ४३ वर्षीय पुरुष, पोखरा -१७ का १७ वर्षीय किशोर, पोखरा -१४ का ५८ वर्षीय पुरुष, पोखरा -५ का ५२ वर्षीय पुरुष र आर्मी अस्पताल पोखराका २३ र ३५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

पाँचौं विज्ञप्तिमा पोखरा महानगरका थप ५३ जनामा कोरोना पुष्टि भएको छ ।
लाईफ केयर डाईग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -८ मा ६ जना पुरुष र ४ जना महिला , पोखरा -२७ मा २ जना, पोखरा -१७ मा २ जना, पोखरा -१६ मा २ जना, पोखरा -२० मा १ जना, पोखरा – ११ मा ५ जना, पोखरा – ४ मा ४ जना, पोखरा -२ मा १ जना, पोखरा -१४ मा ५ जना, पोखरा -५ मा ४ जना, पोखरा – ३ मा २ जना, पोखरा -६ मा ३ जना, पोखरा – १३ मा २ जना, पोखरा – १ मा १ जना, पोखरा -१८ मा १ जना, पोखरा -२६ मा २ जना, पोखरा -७ मा २ जना, पोखरा -१९ मा १ जना, पोकाहर -१० मा १ जना, र वडा नखुलेको २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै छैठौ विज्ञप्ति अनुसार पोखरामा १ जना सक्रमित थपिएका छन् । बिपी कोईराला स्मृती क्यान्सर अस्पतालमा गरिएको परीक्षणमा पोखराका वडा नखुलेको ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै सातौँ विज्ञप्तिमा पोखराका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाको -१०, ५, १८, २, ११, ३, १५, ९, ८, २६, ६, ४, २५, १२, ३२, १३, ७, १४ र २ नं वडाका विभिन्न उमेर समुहका महिला पुरुषमा थप ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबारको आठौँ तथा अन्तिम विज्ञप्ति अनुसार महानगरमा थप २८ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा -१, ५, ७, १४, १५, १७, २०, २२, २४ र २६ नम्वर वडाका विभिन्न उमेर समुहका महिला पुरुष गरी २८ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा प्रदेशभर ९३४ जनाको परीक्षण गरिएकोमा २६९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ७५ जना संक्रमणमुक्त भएका छन् भने, ३ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ७३१६ पुगेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो